रक्तदान कार्यक्रममा ४० जनाले गरे रक्तदान

नारायणगढ, २९ साउन :

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितवन शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

सुरक्षित रगत सबैका लागी भन्ने आस्थालाई मनन गर्दै मानवीय सेवा पे्ररीत भई संस्थाले कार्यक्रमको आयोजना गरेको अध्यक्ष भरत मल्लले बताउनु भयो । भरतपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका सदस्य अच्युत प्रसाद रिजालको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सह–संयोजक अर्जुन अधिकारीले स्वागत मतव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न बिमा कम्पन्नीका प्रवन्धक, अभिकर्ता, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सोसाईटीका महासचिव शंकर अधिकारीले संचालन गर्नुभएको कार्यक्रम नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितवन शाखाको अध्यक्ष भरत मल्लको अध्यक्षतामा सपन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट