नवलपरासी, २९ साउन । मालवाहक ट्रक नवलपरासीको अरुणखोला पुलको भारमा ठिक्किदा बाटो अवरुद्ध भएको छ ।
भारी सामान बोकेर आएको ट्रक पुलको बारमा आज विहान ४ बजे ठोक्किदा पुल भाचिएको छ । पूर्व पश्चिम राजमार्गको पुलमा समस्या आएपछि ड्रइभरसनको माध्यमबाट अहिले सवारी साधन सञ्चालनमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनु भयो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगेर करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनु भयो ।
ट्रक समेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको छ । ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने भएको छ । बिहान पुलमा क्षति पुगेपछि यात्रुवाहक बस समेत रोकिएका थिए भने पुलको उत्तर तर्फबाट अस्थायी बाटो बनाएपछि अहिले सवारी साधन सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
यस अघिपनि पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको जयश्री खोलाको पुलमा यस्तै समस्या आएर सवारी साधन रोकिने गरेका थिए । अहिले स्थायी प्रकृतिको पुल निर्माण गरेपछि समस्या हटेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी क्षेत्रमा फलामको बार भएका आधा दर्जन रहेको छ ।


