धुर्मुसको गुनासो ‘रंगशाला निर्माणको लागि घोषित सहयोग रकम अझै उठेन’

चितवन समाचार डटकम
२८ साउन ।

गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने भनी बोलेको रकम अझै उठ्न नसकेको अभियन्ता सिताराम कट्टेलले जानकारी दिनु भएको छ ।
रंगशाला निर्माणको लागि जिम्मेवारी पाएका धुर्मुस सुन्तरी फाउडेशनका अध्यक्ष कट्टेलले विभिन्न क्षेत्रबाट सात करोड रुपैयाँ बोलेपनि सबै उठ्न नसकेको बताउनु भयो । आज भरतपुरमा पत्रकारसंग अन्तरक्रिया गर्दै सहयोग रकम उठ्न नसक्दा काम गर्न ढिलाइ भइराखेको भन्नु भयो । आजसम्म दुइ करोड रकम मात्र जम्मा भएकाले घोषणा गरेको रकम दाताहरुले छिट्टै दिन अनुरोध गर्नु भयो ।
रंगशाला निर्माणको लागि सहयोग समिति गठन गर्ने काम तिब्र भएपनि उल्लेख्य रकम उठ्न बाँकी रहेको उहाले जानकारी दिनु भयो । जिल्लाको सबै पालिकामा सहयोग समिति गठन गरिसकेकाले अब वातावरण निर्माण हुदै गएको बताउनु भयो ।
पत्रकारसंग कुराकानी गर्दै उहाले दशै अगाडिसम्म रंगशालाको डिपिआर बनेर आउने जानकारी दिनु भयो । डिपिआर नवन्दासम्म अन्य काम गर्न नमिल्ने भएकाले बाहिरको सामान्य काम मात्र भइराखेको बताउनु भयो । मैदान निर्माणको काम भने भदौबाट शुरु गर्ने छौ उहाले भन्नु भयो यो बिचमा अन्य काममा जुटेका छौ ।
गएको जेठ १५ गते रंगशाला निर्माण स्थलको बार भत्काएपछि रोकिएको काम केही हप्ता अगाडिबाट पुन सुरु भएको छ ।

शेयर गरौ

ताजा अपडेट