प्रतिनिधिसभा सांसद डा. सूर्यनारायण यादवद्वारा पदबाट राजीनामा

काठमाडौं २८ साउन । प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । सप्तरी १ बाट निर्वाचित उनले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले जनाएको छ ।

यादव सप्तरीमा नाम चलेका चिकित्सक हुन् । उनको राजिनामा स्वीकृत हुन बाँकी छ । स्वीकृत भए प्रतिनिधिसभामा सप्तरी १ रिक्त हुने छ । सरकारले आगामी १४ मंसिरका लागि उपनिर्वाचन मिति ताकिसकेको छ ।

राजधानी दैनिक बाट

ताजा अपडेट