संरक्षणको  सन्देश दिदै सौराहामा हात्ती दिवस मनाइयो 

चितवन २७ साउन । संरक्षणको  सन्देश दिदै चितवनको सौराहामा हात्ती दिवस मनाइएको छ ।

बाघ गैडा घडियाल गोहि जस्तै हात्ती पनि संरक्षणको सुचिमा परिसकेकाले यसको सुरक्षामा मानव गम्भीर हुन जोड दियको छ। हात्ती संरक्षणको मुल उद्देश्य सहित संरक्षणका क्षेत्रमा लागेकाहरुले दिवस मनाएका हुन ।

मानब अतिक्रमणका कारण नेपालमा हात्ती लोप हुने अबस्थामा रहेको मा चिन्ता व्यक्त गरियको छ । हात्ती भिमकाय जनावर भएपनि यसको संख्या न्यून रहेको छ । चितवनको पर्यटन विकाससंग जोडिएको हात्तीको संरक्षणको लागि चेतना फैलाउन हात्ती दिबस मनाइएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाका अध्यक्ष ऋषि तिवारीले बताए । कार्यक्रम संयोजक तथा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले लोपउन्मुख अबस्थामा रहेको हात्तीको संरक्षण समाजले गर्नुपर्ने बताए ।

बाघ,गैंडालाई जस्तै नीति,नियम र योजना बनाएर हात्तीको संरक्षणमा जुट्नु पर्ने अबस्था आएको उनको भनाई छ । सौराहाका व्यवसायीहरुले मंगलवार सफारी बन्द गरेर हात्तीलाई दैनिक खुवाउने आहारसंगै पोष्टिक आहारको रुपमा फलफुल खुवाएका छन । सौराहामै आयोजना गरिने हात्ती महोत्सवमा पनि हात्तीका लागि पिकनिक गरिदै आएको छ ।

हात्ती दिवसका दिन सोमवार युनाईटेड हात्ती संचालन सहकारी संस्था,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति,बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनले सयुक्त रुपमा दिबस मनाएको हो । बाघमारा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित कार्यक्रममा हात्तीका लागि

फलफुल,वन्दा,धान,सखर लगायतका भोजनको व्यवस्था गरिएको थियो । दिवसको रत्ननगर नगर नगरपालिकाका मेयर नारायण वनले हात्तीलाई दाना खुवाएर औपचारक उद्घाटन गरेका थिए । सो अबसरमा उनले हात्तीमैत्री नगर वनाउन नगरपालिका प्रतिवद्ध रहेको वताए । मेयर वनले हात्तीको प्रयोग सही ढंगले गर्नु पर्ने औल्याउँदै माउतेको भुमिका यसमा महत्वपूर्ण हुने वताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डाक्टर बाबुराम लामिछानेले हात्तीका लागि आवश्यक वासस्थानको विस्तार र संरक्षण गर्न नसके छोटो समयमै जंगली हात्ती लोप हुन सक्ने औल्याए ।

नेपाल भर जंगली र घरपालुवा गरि करिव ५ सय हात्ती रहेको तथ्यांक छ । युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता सुचना केन्द्र सौराहाका प्रमुख रामकुमार अर्याल,चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका प्रमुख ऋषि रानाभाट,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना,बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष एवंम् कार्यक्रम संयोजक जीत वहादुर तामाङ लगायतले सौराहा बचाउन हात्तीहरुको भुमिका रहेको उल्लेख गर्दै संरक्षणमा जोड दिए । सन् २०१२ मा क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको हो । विश्वभर ३५ देखी ४० हजार हात्ती रहेको अनुमान छ ।

शेयर गरौ

ताजा अपडेट