काठमाडौं , २७ साउन :
देशको पुर्वी र पश्चिमी क्षेत्रका केही ठाउँमा साेमबार भारी वर्षाकाे सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुनी न्युनचापिय रेखा नेपाल भन्दा तल भएपनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यी ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ ।
देशका अरु ठाउँमा भने दिउँसो हल्का बद्ली हुने र बेलुकातिर चट्याङसहित पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने सम्भावना भने छैन ।


