कपिलवस्तु, २६ साउन । अज्ञात समूहले शनिबार राति मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगो लगाएका छन् ।
सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति साढे १० बजेतिर आगजनी भएको जनाइएको छ । आगजनी कसले र किन गरेको भन्ने आफूलाई जानकारी नभएको चौधरी बताउँछन् । आगजनीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।
कपिलवस्तु नगरपालिकाको दमकलले गाडीको आगो निभाएको भए पनि पूर्ण क्षति पुुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिएका छन् ।


