मन्त्रीको कार्यक्रम बिथोलेको भन्दै वड अध्यक्ष सहित पाँच जना पक्राउ

बारा, २५ साउन । प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले उदटन गर्न लागेको एक कार्यक्रम बिथोलेको आरोपमा प्रहरीले बाराको परवानीपुर गाउँपालिका–५ का वडाअध्यक्ष रामेश्वर साह कलबारसहित सात जना पक्राउ गरेको छ ।

आफ्नो वडा (नौतन) मा निर्माण भएको धर्मशालाको उद्घाटन कार्यक्रममा आफूलाई प्रतिनिधित्व नगराएको भन्दै कार्यक्रम बिथोल्न खोजेपछि वडाअध्यक्ष कलबारसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।

तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडाअध्यक्ष रामेश्वर कलबार, अनेरास्ववियु क्रान्तिकारीका नेता विवेक गुप्ता, हरिशंकर गुप्ता र रुपेश गुप्ता पक्राउ परेको उनले बताए ।

यता धर्मशाला निर्माणको क्रममा व्यापक अनियमितता गरेको भन्दै वडाअध्यक्ष कलबारको आरोप छ । मन्त्री सोनलको ठाडो आदेशमा विरोधमा उत्रनेलाई पक्राउ गराएको स्थानीयको आरोप छ ।

शेयर गरौ

ताजा अपडेट