चितवन समाचार डटकम
२४ साउन ।
भरतपुर महानगरपालिकाले पर्यटकीय पूर्वाधार निर्माणको लागि आन्तरिक स्रोतबाट छुट्टाएको रकमको ठुलो हिस्सा मन्दिर गुम्बा निर्माण खर्च गरेको छ ।
महानगरपालिकाले गएको आर्थिक वर्ष २०७५÷७६ मा १ करोड ५८ लाख रुपियाँ पर्यटकीय क्षेत्रमा लगानी गर्ने भनी छुट्टाएको थियो । ती रकमबाट ४८ लाख ९७ हजार ३ सय ५५ रुपियाँ मन्दिर गुम्बामा खर्च भएको सस्कृति पर्यटन तथा सम्पदा संरक्षण शाखाकी अधिकृत सुभद्रा पुडासैनीले जानकारी दिनु भयो ।
विभिन्न जातजातिको धार्मिक आश्थाको क्षेत्रमा महानगरले पर्यटनको बजेट खर्च गरेको हो । सस्कृति पर्यटन तथा सम्पदा संरक्षण शाखाकी अधिकृत पुडासैनीले भन्नु भयो ‘मन्दिर गुम्बा मस्जिद हाम्रै सम्पदा हो त्यही भएर यहाँ लगानी गरेका छौ, बजेट माग भएर पनि यिनै क्षेत्रमा धेरै आउने गरेको छ ।’ सम्पदा संरक्षण गर्नु पनि पर्यटकीय क्षेत्रको विकास गर्नु नै रहेको उहाले बताउनु भयो ।
महानगरपालिकाले निर्माण गर्ने भनेको व्यवस्थित पार्कको लागि भने बजेट खर्च गर्न सकेको छैन । भरतपुर महानगरपालिका भित्र एउटा मनोरम पार्कको आवश्यकता भएको चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदी बताउनु हुन्छ । भरतपुर महानगरपालिका भित्र अहिलेसम्म एउटा पनि पार्क छैन । महानगरपालिका भएपछि यहाँको सौन्दर्य बढाउन र रमाउनेहरुको लागि सुस्ताउने स्थानको जरुरी रहेको छ ।
पार्क निर्माणको लागि भनेर महानगरले छुट्टाएको २५ लाख रुपियाँ खर्च नभएको शाखाकी अधिकृत पुडासैनीले जानकारी दिनु भयो । मन्दिर गुम्बा भन्दा बाहेक पश्चिम चितवनको पटिहानीमा अम्रेला स्टी«ट पूर्वाधार निर्माणको लागि संघीय सरकारले ५० लाख रुपियाँ दिएको छ । भरतपुर महानगरपालिका वडा नंं २२ मा निर्माण भएको यो स्ट्रीटले पर्यटकीय गन्तव्यको लागि महत्वपूर्ण काम गर्ने वडा अध्यक्ष विष्णुराज महतोले बताउनु भयो । आकर्षक बाटो निर्माण गरिने छ यहाँबाट राप्ती नदीको अवलोकन, जंगली जनावर हेर्न जानको लागि सहज हुने उहाले बताउनु भयो ।
महानगरले आन्तरिक बजेटबाट खर्च गर्ने गरी छुट्टाएको रुपियाँमा कुकहरुको लागि तालिममा २ लाख ८६ हजार रुपैयाँ खर्च गरेको छ । डकुमेन्ट्री निर्माणमा १ लाख ५० हजार खर्च गरेको छ । पर्यटकीय क्षेत्रको लागि छुट्टाइएको कुल रकमको ३१ प्रतिशत मात्र खर्च भएको शाखाले जनाएको छ ।


