राष्ट्रिय प्रजातन्त्र पार्टीले आज प्रशिक्षण कार्यक्रम सुरु गर्दै

काठमाण्डौं, २४ साउन :

राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन निमार्ण वर्षलाई सफलतापुर्वक कार्यान्वयन गर्न दुई दिने प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सुरु गर्दैछ ।

आज र भोली दुई दिनसम्म धुलिखेलमा चल्ने कार्यक्रमको पार्टी अध्यक्ष कमल थापाले दिउँसो १२ बजे उद्घाटन गर्ने छन्। सैद्धान्तिक, वैचारिक विषयसँगै संगठन निर्माण, जनसंघर्ष, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधिको विषयमा प्रशिक्षण दिइने पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता रहने छ। पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठकलगायतले प्रशिक्षण दिनेछन्।

केन्द्रीय प्रशिक्षक प्रशिक्षण पछि आगामी भदौ महिनामा ७७ जिल्लामा र असोज महिनामा सात सय त्रिपन्न स्थानीय तहमा प्रशिक्षण दिइने प्रवक्ता पाठकले बताए ।

शेयर गरौ

ताजा अपडेट