काठमाण्डौं, २४ साउन :
इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदैछ ।
लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा हुने उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसँग खेल्ने छ । प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले नवप्रवेशी क्लब नर्विचसँग पहिलो खेल खेल्न लागेको हो । लिभरपुल गत सिजन मात्र एक अंकले पछाडि परेपछि उपाधि म्यानचेष्टर सिटीले जितेको थियो ।
तर च्याम्पियन्स लिगमा लिभरपुलले टोटेनहमलाई हराउँदै उपाधि जितेको थियो । लिभरपुलका फरवार्ड साडियो माने प्रि सिजनमा उपलब्ध नभए पनि नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रनेछन् ।
जेम्स मिल्नरले चोटका कारण कम्युनिटी शिल्डको खेल गुमाएपनि अब मैदान फर्कन मिल्ने अवस्थामा छन् ।


