धादिङ, २४ साउन । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या चार पुगेको छ भने १४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म चार जनाको जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ । अझै झण्डै २० भन्दा बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् । सर्लाहीको मलंगवाबाट काठमाडौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशुली नदीमा खसेको हो ।
अहिले उद्धारको काम भइरहेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।


