एनसिइ नेपाल चितवन शाखा अध्यक्षमा आचार्य

चितवन २१ साउन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसिइ नेपाल जिल्ला शाखा चितवनको  आज नारायणगढमा सम्पन्न तेस्रो अधिवेशनले युथ क्लव नारायणगढका रामचन्द्र आचार्यको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

अधिबेशनको अध्यक्षता दियालो परिवारका कार्यकारी निर्लेशक राजगोबिन्द शिल्पकारले गर्नु भएको थियो ।  प्रमुख अतिथिमा एनसिंइ नेपालका केन्दीय सदस्य प्रकाश शिलवाल रहनु भएको थियो । एनसिंइ नेपालका कार्यक्रम व्यवस्थापक  राम गैरेले केन्द्रको गतिबिधि र भावि योजनबारे जानकारी प्रस्तुत गर्नु भएको थियो ।

नव नियुक्त सचिव कमलराज खनालले चितवन जिल्लामा रहेर सार्वजनिक शिक्षाको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुलाई अभियानमा आबद्ध गराउन बिशेष पहल गर्नु पर्ने र यही साउन मसान्त भित्र नविकरणका लागि संस्थाहरुलाई आव्हान गर्नुपर्ने बताउनु भयो ।
आगामि ३ वर्षको लागि शिक्षाका लागि राष्ट्रिय अभियान–नेपाल एनसिइ जिल्लला शाखा चितवनको सम्पर्क कार्यालय युथ क्लव नारायणगढमा राख्नको लागि युथ क्लव नारायणगढ संस्थालाई अनुरोध समेत गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट