सहमती पछि सम्सदको अबरोध हट्यो

काठमाडौं, २० साउन :  राजनीतिक दलहरुबीच संसदको जारी अबरोध हटाउने बिषयमा सहमति जुटेको छ ।  सोमबार भएको सर्वदलीय बैठकमा संसद सुचारु गर्ने सहमति भएको सांसद रामकुमारी झाँक्रीले बताइन् ।

सभामुख कृष्णहादुर महराले संसद सुचारू गर्नका लागि सोमबार सर्वदलीय बैठक बोलाएका थिए ।सर्लाहीमा प्रहरीबाट मारिएका विप्लव समूहका कुमार पौडेलको घटना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै कांग्रेस र राजपाले केही समययता संसद बैठक अवरुद्ध गर्दै आएका थिए।

झाँक्रीका अनुसार पुन गतिरोध आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति गरेको छ।

शेयर गरौ

ताजा अपडेट