मुग्लिन नारायणगढ सडक को जलविरेबाट  ट्रक त्रिशूली नदीमा खस्यो

चितवन २० साउन ।  नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट मालबाहक  ट्रक त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो ।

ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट