चितवनको रामपुरमा ईन्जिनियरिङ क्याम्पस सुरु

चितवन १९ साउन  । चितवनको रामपुरमा ईन्जिनियरिङ क्याम्पसको स्थापना भयको छ ।

त्रिभुवन विश्वविद्यालयले  चितवन ईन्जिनियरीङ क्याम्पसको सुभारम्भ गरेको हो  । आईतवार एक कार्यक्रमका विच भरतपुर महानगरपालिका १५ रामपुरमा रहेको जग्गामा क्याम्पस सञ्चालनको सुभारम्भ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनिया र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रुपमा व्यानर खोलेर क्याम्पस सञ्चालनको सुभारम्भ गर्नु भयो  ।

त्रिवि र भरतपुर महानगरको संयुक्त सहकार्यमा सुभारम्भ भएको क्याम्पसमा यसै शैक्षिक सत्रबाट कम्प्युटर ईन्जिनियरीङको पठनपाठन हुने जनाएको छ । आगामि शैक्षिक सत्रदेखि विभिन्न ७ वटा इन्जिनियरिङ विधाका पाठ्यक्रम सुरु गर्ने लक्ष्य रहेको क्याम्पस सम्पन्न गराउन  करिव १९ अर्ब लाग्ने त्रिविले जनाएको छ ।

त्रिविले ‘चितवन ईन्जिनियरीङ क्याम्पस’ लाई नेपालकै नमुना क्याम्पसका रुपमा सञ्चालन गर्ने जनाएको छ । त्रिविका उपकुलपति तिर्थ खनियाले सरकारी लगानीको ईन्जिजियरीङ क्याम्पस ३० वर्षपछि खुलेकाले यसलाई नमुना बनाईने बताए । क्याम्पसको स्थान चितवन भए पनि नेपालकै लागी गर्वको कुरा भएको उनको भनाई छ ।

लामो समयपछि ईन्जिनियरीङ क्याम्पस सञ्चालनमा आएकाले यसलाई सफल बनाउन सवै सरोकारवाला पक्षलाई उपकुलपति खनियाले आग्रह गरेका छन । उनले भने ‘कृषी विश्वविद्यालय र त्रिवि विच कुनै द्धन्द्ध रहने छैन, प्रतिस्पर्धीका रुपमा भन्दा पनि आपसी सहकार्यका साथ अघि बढ्नुपर्छ ।

शेयर गरौ

ताजा अपडेट