भण्डारामा १५ शैयाको अस्पताल उद्घाटन, उपचारको लागि भरतपुर जानु नपर्ने

चितवन १६ माघ ।

भण्डारामा १५ शैया भएको अस्पताल पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे र प्रदेश मन्त्री दावा लामाले उद्घाटन गर्नु भएको छ ।

प्रदेश सरकारको मातहतमा रहने गरी पूर्वी चितवनको राप्ती नगरपालिका स्थित भण्डारामा सरकारी अस्पतालको उद्घाटन गर्नु भएको हो । भण्डारा स्वास्थ्य चौकीलाई प्रदेश सरकारले स्तरोन्नती गरी १५ शैयाको भण्डारा अस्पतालको रुपमा विस्तार गरेको हो ।

बुधवार पुर्व अर्थमन्त्री एवंम् प्रतिनिधि सभा सदस्य पाण्डे र प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री लामाले भण्डारा अस्पतालको एक समारोहका बीच उद्घाटन गरेका हुन । अस्पतालको उद्घाटन गर्दै पुर्व अर्थमन्त्री पाण्डेले गुणस्तरीय सेवा प्रदान गरे अस्पतालमा विरामीको चाप वढ्ने वताउनु भयो ।

प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री लामाले १५ शैयाको अस्पतालबाट व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाह भई विरामीको चाप वढे अझ स्तरोन्नती गरिने वताउनु भयो । अस्पतालमा जनरल फिजिसिन डाक्टर हरिशंकरप्रसाद नियुक्त हुनु भएको छ ।

अस्पताल संचालन पछि सामान्य उपचारका लागि टिकौली कटेर जानु पर्ने वाध्यताको अन्त्य भएको राप्ती नगरपालिकाकी मेयर प्रभा वरालले बताउनु भयो । उहाले भण्डारा अस्पताल बाट चेपाङ समुदाय र मकवानपुरका राक्सिराङ गाँउपालिकाका स्थानीयले सेवा लिन सक्ने बताउनु भयो ।
प्रदेश नम्वर ३ सरकारले राप्तीको भण्डारा स्वास्थ्य चौकी र कालिकाको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल वनाउन स्वीकृती दिएको थियो ।

शेयर गरौ

ताजा अपडेट