फ्रेन्च सुपर कपको फाइनलमा पेरिस सेन्ट जर्मेनद्धारा रेनस २–१ गोलअन्तरले पराजित

काठमाडौँ, १९ साउन :

फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ ।

हिजो भएको फाइनलमा रेनसलाई २–१ गोलअन्तरले पराजित गर्दै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो । पीएसजीका लागि यो सिजनको पहिलो उपाधि पनि हो । पीएसजीको जितमा केलियन एमबाप्पे र एन्जल डी मारियाले एक–एक गोल गरे । रेनसका एड्रीन होन्युले एक गोल फर्काए ।

योसँगै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । पीएसजी लियोनलाई पछि पार्दै सर्वाधिक धेरै पटक फ्रेन्च सुपर कप जित्ने टिम बनेको हो । लियोनले आठ पटक फ्रेन्च सुपर कप जितेको छ ।

फ्रान्सको लिग वान विजेता र फ्रेन्च कप विजेता टिमबीच फ्रेन्च सुपर कप हुने गर्छ ।

शेयर गरौ

ताजा अपडेट