चितवन समाचार डटकम, १७ साउन ।
कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी भएको छ ।
बिहीवार राती करिब २ बजको समयमा आगजनी भएको अनुमान छ । आगजनीबाट कार्यालयको २ वटा कोठामा क्षति भएको छ । अज्ञात समुहले कार्यालयको झ्यालबाट पेट्रोल हालेर आगजनी गरेको कालिका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिए ।
आगजनीबाट वडा अध्यक्षको कोठा सहित कार्यालयको कोठामा रहेको कागज पत्र पुर्ण रूपमा क्षति भएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।


