रजत महोत्सवको अवसरमा अन्तर बिद्यालय शिक्षक भलिवल प्रतियोगिता सुरु

 भरतपुर, १६ माघ

भरतपुर ११ मा रहेको नारायणी ई पब्लिक मा.बिले आफ्नो बिद्यालयको रजत महोत्सवको अवसरमा अन्तर बिद्यालय शिक्षक भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेल आज स्कूल प्राङ्गणमा सम्पन्न भएको छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालयका डि एस पि दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा बिद्यालयका शिक्षक अविभावक संघका अध्यक्ष लिलाधर भट्टराई, बिद्यालयका अध्यक्ष राजेश्वर खनाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । २२ वटा बिद्यालयको सहभागिता रहेको प्रतियोगिताको पहिलो चरणको खेलबाट ११ वटा टिम दोस्रो चरणमा प्रबेश गरेकाछन् ।

आजै भएको दोस्रो चरणको एकमात्र खेलबाट न्यू होराईजन ई. स्कूल बिजयी हुदै क्वाटरफाईनलमा प्रबेश गरेको छ । न्यू होराईजनले एस ओ एस हर्मन माईनरलाई हराउदै क्वाटर फाईनलमा स्थान बनाएको हो ।

दोस्रो चरणका बाँकी खेलहरु आगामी शुक्रबार र शनिवार सम्पन्न हुने कार्यक्रम संयोजक संयोजक सन्तोष रिमालले बताउनुभएको छ ।

शेयर गरौ

ताजा अपडेट