कञ्चनपुर, १६ साउन
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । रु चार लाख ६४ हजार लागतमा नगरपालिका कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन् । कामप्रति कर्मचारीलाई उत्तरदायी र अनुशासित बनाउनका लागि सिसीटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताउनुभयो ।
“कर्मचारीको गतिविधिमाथि निगरानी बढाउनुका साथै काम चुस्तदुरुस्त बनाउनका लागि सिसीटिभी क्यामेराले सहयोग पु¥याउनेछ भन्ने उद्देश्य लिएका छौँ”, अधिकृत थापाले भन्नुभयो, “नगरपालिका परिसर क्षेत्रको गतिविधिमाथिसमेत निगरानी राख्न सकिने गरी क्यामेरा जडान गरिएका छन् ।”
निगरानीका लागि १० क्यामेरा कार्यकक्षमा जडान गरिएका छन् । क्यामेराको कन्ट्रोलकक्ष नगरप्रमख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा राखिएको छ । नगरप्रमुख, उपप्रमुख र प्रवक्ताको कार्यकक्षमा भने सिसीटिभी क्यामेरा जडान गरिएका छैनन् । नपा प्रवक्ता जगतबहादुर सिंहले आवश्यकता नभएर नगरप्रमुख, उपप्रमुख र आफनो कार्यकक्षमा क्यामेरा जडान नगरिएको बताउनुभयो । रासस


