पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै चन्द समूहद्धारा स्थायी कमिटी र पोलिटब्युरो भंग

काठमाडौं ,१६ साउन :

चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।

केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कामान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।

चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यालाई जिम्मेवारीबाट हटाएर खुला मोर्चामा पठाएको छ । – समाचार कान्तिपुर दैनिक

शेयर गरौ

ताजा अपडेट