साउन १५ आज खीर खाने दिन

चितवन १५ साउन ।  साउनको १५ गते आज खिर खाने दिन। कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ ।

एक महिना अघि असार १५ गते दहि चिउरा खाइए जस्तै साउनको १५ मा खिर खाने चलन छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने भनेझै साउनमा खिर खाइन्छ । यो पहिले देखी नै रहदै आएको थिती भएको संस्कृतिविद् डा जगमान गुरुङले जानकारी दिनु भयो ।  यो पुरानै चलन हो , साउनमा हरियो परियो धेरै पाइने हुनाले गाइले दुध बढि दिने हुँदा यो समयमा खिर खाने गरिएको हो , उहाले भने, हरेक शुभ साइतमा खीरको महत्व छ । त्रेया युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए । विभिन्न पुजा आजामा खीर खाने गरिन्छ । हवनमा समेत खीर या पायसलाई अग्नीमा चढाउने गरिन्छ ।

असार महिनामा रोपाँइ सकेपछि साउन १५ कृषकहरुले तातो खिर खाएर मनाउने गरेका हुन्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ । यसको धार्मीक नभएपनि साँस्कृतिक महत्व छ । कृषीप्रधान देशमा यसको उच्च महत्व छ ।
आज परेको साउन १५ मा घरपरिवारका सदस्य भेला भई खिर खाँदैछन् ।

शेयर गरौ

ताजा अपडेट