१६ वर्षमा छोरीको विवाह गर्न पाउनु पर्ने भन्दै प्रदर्शन

नेपालगन्ज १४ साउन ।  १६ वर्षमानै छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै आज दिउँसो नेपालगञ्जमा चक्काजाम गरेका छन।

मधेसी समुदायका  महिलाहरुले चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिका घेराउसमेत गरेका थिय ।

२० वर्षमा विवाह गर्नुपर्ने कानुन मधेसी समुदायको संस्कृतिसँग मेला नखाने भएका कारण कानुनमा परिवर्तन हुनुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको सहभागी महिलाले बताएका छन ।

उनीहरुले आफूहरुको माग पूरा गराउनुपर्ने माग गर्दै चक्काजाम सहित नेपालगञ्ज उप–महानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिय ।

स्थानीय शान्ति यादवले मधेसी समुदायमा छोरीलाई २० वर्षसम्म घरमा राख्न समस्या हुने भएका कारण समस्या देखिएका कारण  उमेरहद घटाएर १६ वर्ष हुनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

 

२०७५ साल भदाै १ देखि लागू भएकाे मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेकाे छ । २० वर्ष नपुगी विवाह गराए यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ ।

संहिताको परिच्छेद –११ को विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७३ ले २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था गरेको छ ।

अहिलेसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो ।

शेयर गरौ

ताजा अपडेट