चितवन १३ साउन ।
भरतपुर महानगर भित्रको मापदण्ड पुगेका नमुना सडकको दायाँवायाँ हरियाली बनाउने कामको आज शुभारम्भ गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नंं ५ को आनन्दपुर स्थित सडकको दायाँवायाँ फलफुलको बिरुवा रोपेर हरियाली बानउने कामको शुरु गरिएको हो । महानगरका प्रमुख रेनु दाहाल, ३ नं. प्रदेशका सांसद विजय सुवेदी, महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, वडाका अध्यक्ष पदमपाणि सुवेदी, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेललगायतको उपस्थितिमा वृक्षारोपण गरिएको छ ।
वडा नंं ५ को आनन्दपुरको १० मिटर फराकिलो भएको सडकको दायाँवायाँ एकसय ७० वटा फलफूलका विरुवा रोपिएको छ । अपाङ मैत्री सडक पेटी बनाउने, नमुना सडक निर्माण गर्ने कामको शुरुवात भएको ५ नंं का वडा अध्यक्ष पदमपाणि सुवेदीले जानकारी दिनु भयो । वडा अध्यक्ष सुवेदीका अनुसार १० मिटर फराकिलो कालोपत्रे भइसकेको सडकको पेटीमा वृक्षारोपण कार्यकोे शुरु गरिएको हो । अन्य स्थानमा मापदण्ड पुगेको सडक भएका त्यहाँपनि वृक्षारोपण गरिने छ ।
नमुना सडक बनाउनको लागि महानगरको नीति तथा कार्यक्रम अन्तरगत नै यो कार्यक्रम गरिएको हो ।


