गोविन्द घिमिरे
गैडाकोट १३ श्रावण ।
ईलाका प्रहरी कार्यालय गैडाकोटले जुवा खेलिरहेका दश जनालाई ८० हजार ९ सय ३५ नगद सहित पक्राउ गरेको छ ।
गैडाकोट नगरपालिका वडा नम्बर ५ स्थित बैकुण्ठ टोलमा जुवा खेलीरहेका दश जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक दिपक कुमार कार्कीले बताउनु भयो ।
पक्राउ पर्नेमा गैंडाकोटका २६ वर्षका शालिकराम पौडेल, ३५ वर्षीय लक्ष्मिकान्त पौडेल, ३८ वर्षका लोकनाथ शर्मा, ५० वर्षीय चुडामणी पौडेल ३० वर्षीय हरिप्रसाद तिवारी, ४३ वर्षीय देबेन्द्र चालिसे, ४२ वर्षीय शिवहरि ढकाल, बाग्लुङ्ग घर भएका ४३ वर्षीय केशव सुवेदी, ४९ वर्षीय डोलराज शर्मा र ५८ वर्षीय गोकर्ण आचार्य रहेका छन । उनिहरु सबै स्थानीय चुडामणी पौडेलको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन ।
पक्राउ परेका सबैलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय नवलपुर पठाइएको प्रहरी निरिक्षक कार्कीले बताउनु् भयो । उनिहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १ सय २५ अनुसार जुवा सम्बन्धी मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।
केहिदिन अघि मात्रै ईलाका प्रहरी कार्यालय गैडाकोट आएका प्रहरी निरिक्षक कार्कीले सामाजीक विकृति हटाउन आफुले सक्दो पहल गर्ने बताएका छन् ।


