लायन्स क्लब चौतारीको वृक्षारोपण

चितवन १२ साउन । लायन्स क्लब अफ नारायणगढ चौतारीले वडा नंं ३ मा वृक्षारोपण गरेको छ ।
भरतपुर महानगरपालिका वडा नंं ३ को कार्यालय नजिकैको फूलवारीमा वृक्षारोपण गरिएको सस्थापक अध्यक्ष रुद्र सुवेदीले जानकारी दिनु भयो । लायन्स क्लब अफ नारायणगढ चौतारीका अध्यक्ष सावित्री पौडेलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न दर्जनौ जातका विरुवा रोपिएको थियो । कार्यक्रममा क्लबका सुवास कडेल, कृष्ण कडेल, प्रकास सुवेदी, नविन पुरी, सानुकाजी श्रेष्ठ, ओमप्रकास गौतम, दीपक श्रेष्ठ, शम्भुविक्रम कडेल, फुलमान गौतम लगायतको सहभागीता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट