गुल्मी, १२ साउन :
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।
गएराति गएको पहिरोले भुषकुमारी परियारको घर भत्किँदा १३ वर्षीय चुन्न परियारको मृत्यु भएको हो । घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया खिमा परियार, ३३ वर्षीय प्रदिप परियार, १२ वर्षीय साजन परियार, एक वर्षीया सोनी परियार र २५ वर्षीया भेषकुमारी परियार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।


