चितवनमा बस र ट्रक आपसमा ठोक्कीदा १५ जना घाइते

 चितवन, १० साउन :

बस र ट्रक आपसमा ठोक्कीदा चितवनमा १५ जना घाइते भएका छन् ।

शुक्रबार विहान पौने ९ बजे भएको सो दुर्घटनाका घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पुथ्वी राजमार्ग अन्तर्गत मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ६०५८ नम्बरको बस र विपरित दिसाबाट गईरहेको ना ६ ख २८९५ नम्बरको ट्रक ईच्छाकामना गाउपालिका ४ लेवाटारमा ठोक्किँदा बसका यात्रुहरु घाइते भएका हुन् । बसमा ३२ जना सवार रहेकोमा १५ जना घाईते भएको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट