सार्वजनिक जग्गामा रहेको टहरा पसल तथा तरकारी बजारमा डोजर

काठमाडौं, १० साउन :

ललितपुरको जावलाखेलको सार्वजनिक जग्गामा ०५२ देखि रहेको टहरा पसल तथा तरकारी बजारमा शुक्रबार बिहान डोजर लागाइ भत्काइएको छ ।

बिहानै ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी डोजर लिएर टहरा भत्काउन आफैं पुगेका थिए। उक्त स्थानमा तरकारी पसल खाजा पसल र अन्य गरी ५२ वटा पसल सञ्चालन थिए । ती पसलले जावलाखेल क्लबलाई भाडा समयमै बुझाएको बताएका थिए।

बिहान मात्रै खबर गरेर भत्काउन लागेकोले सामानहरू सकुशल व्‍यवस्थित गर्न नपाएको गुनासो पीडित पसलेहरूको छ।

अख्तियारको आदेशपछि पसल तथा टहराहरू भत्काइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। प्रजिअ जोशीले भने आज एक्कासि आएर नभई पहिले पनि चार-पाँच पटक पसलेहरूलाई जानकारी दिइसकिएको बताए ।

शेयर गरौ

ताजा अपडेट