नेपाल र चीनबीच हवाई उडानमा सम्झौता, चीनका मुख्य १५ गन्तव्यमा नेपाललाई अनुमति

काठमाडौं, १० साउन :

नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म एक अर्को देशमा हवाई उडान गर्न पाउने र ८ वटा हवाई रुट प्रयोग गर्न सकिने सम्झौता भएको छ।

शुक्रबार बेइजिङमा भएको सम्झौता अनुसार नेपालले चीनका १५ वटा विमानस्थलमा उडान अनुमति पाएको छ भने चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा हप्तामा २१ वटासम्म उडान गर्न पाउने भएको छ। नेपाल र चीनबीच बेइजिङमा बिहीबार र शुक्रबार भएको दुई पक्षीय वार्तापछि नयाँ हवाई उडान सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको हो।

नेपाल–चीन हवाई उडानमा यो सम्झौतालाई ‘ब्रेक थ्रु’मानिएको छ । पर्यटन मन्त्रालय अन्तर्गतको हवाइ उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यले नेतृत्व गरेको नेपाली टोली र चीनको तर्फबाट डेपुटी डाइरेक्टर जनरल बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा दुई दिन वार्ता भएपछि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।वार्तामा नेपालको तर्फबाट बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सहसचिव सुशील लम्साल, मन्त्रालयका अधिकारी र नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका प्रतिनिधि सहभागी भएका थिए। ‘लम्सालका अनुसार नेपाल र चीनबीच ८ वटा हवाई रुट प्रयोग गर्ने र हप्तामा ९८ वटासम्म उडान एक अर्को देशमा गर्न पाउने सहमती भएको छ।

जसमध्ये चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा मात्रै हप्तामा २१ वटासम्म उडान गर्न सक्नेछ। यसअघि दुई देशबीच हप्तामा ७० वटासम्म उडान गर्न पाउने व्यवस्था भएपनि पछिल्लो समय नेपालले चीनमा एउटै पनि उडान गरिरहेको थिएन ।

बेइजिङमा भएको सम्झौता अनुसार नेपाल एयरलाइन्सको ग्वान्झाओ उडान चाँडै सुरु हुन सक्नेछ भने हिमालय एयरलाइन्सले बेइजिङबाट आफ्नो उडान सुरु गर्न सक्नेछ । ‘

शेयर गरौ

ताजा अपडेट