रंगशालालाई क्रिकेट संघ चितवनको सहयोग : दुई लाख ५५ हजार हस्तान्तरण

चितवन समाचार डटकम, साउन ९ ।
क्रिकेट संघ चितवनले निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु. दुई लाख ५५ हजार पाँच सय ५५ सहयोग प्रदान गरेको छ ।
संघका अध्यक्ष कैलाश प्रधानले सो रकम बराबरको चेक रंगशाला निर्माणको जिम्मा पाएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई बिहीवार हस्तान्तरण गर्नुभएको हो ।
क्रिकेट खेलाडी र यस संग सम्बन्धितहरु आवद्ध संस्थाका तर्फवाट प्राप्त सहयोगले आफुलाई हौसला प्राप्त भएको फाउण्डेशनका अध्यक्ष कट्टेले बताउनुभयो ।
रंगशाला निर्माणले खेल क्षेत्रको बिकासमा ठूलो टेवा पुग्ने बिश्वास आफुहरुको रहको संघका अध्यक्ष प्रधानको भनाई छ ।
बिभिन्न संघ संस्था एवम् ब्यक्तिहरुले रंगशाला निर्माणका लागि फाउण्डेशनलाई सहयोग गर्ने क्रम चितवनमा बढेको छ ।

शेयर गरौ

ताजा अपडेट