काठमाडौं, ८ साउन :
आर्थिक वृद्धि साढे ८ प्रतिशत पुर्याउने बजेटको लक्ष्यलाई टेवा पुर्याउने उद्देश्यसहित राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।
शोधानान्तर घाटाको बढ्दो अवस्था, व्यवापार घाटा, ब्याजदरको उतार चढावले अस्थिर बनेको वित्तिय क्षेत्र, मुल्य वृद्धि जस्ता नकारात्मक अर्थसुचकका वीच केन्द्रीय बैंकले चालु वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्न लागेको हो । मौद्रिक नीति सार्वजनिक गर्नुअघि केन्द्रीय वैंक संचालक समितिको बैठक बालुवाटरमा केहीबेरमा बस्दैछ ।
मौद्रिक नीति भने अपरान्ह सार्वजनिक गरिनेछ । मौद्रिक नीतिमा सुझाव संकलनका क्रममा केन्द्रीय बैंकले/ बैंकका अध्यक्ष र कार्यकारी प्रमुखसँग एक साताभित्र मर्जरको प्रतिवद्धता मागेपछि वित्तिय बजार तातेको थियो । यो बीचमा करिव आधा दर्जन बैंक तथा वित्तिय संस्था मर्जरको प्रक्रियामा गईसकेका छन् ।
सरकारले बजेटमार्फत निर्धारण गरेको साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने अर्थविद्हरुको सुझाव छ ।
अनुत्पादक क्षेत्रको कर्जामा कडाई गर्न समेत उनिहरुले सुझाएका छन् । गत जेठसम्म मुलुकको व्यापार घाटा सवा १२ खर्व पुगेको छ भने शोधानान्तर घाटा ९१ अर्व रुपैयाँ हाराहारीमा पुगेको छ ।


