‘सरकार चलाउने कार्यशैली नफेरे असफल’ : नेकपा नेता पाण्डे

चितवन समाचार डटकम
७ साउन ।
नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विश्वमा कम्युुनिष्ट पार्टीहरु क्रान्ती गर्न सक्ने तर सरकार सञ्चालन गर्न असफल हुने अवस्थाबाट नेपालले पाठ सिक्नु पर्ने बताउनु भएको छ ।
कम्युनिष्ट पार्टीका सस्थापक नेता पुष्पलालको ४१ औ स्मृति दिवसको अवसरमा चितवनको नारायणगढमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाले विश्व राजनीतिको इतिहासलाई हेरेर वर्तमान सरकारले कार्यशैलीमा परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो । ‘क्रान्ती गर्न हामी कम्युनिष्ट अगाडि छौ, तर सरकार सञ्चालनमा विश्वमा असफल भयौ’ उहाले भन्नु भयो ‘यो यथार्थलाई बुझेर कार्यशैलीमा परिवर्तन गर्न नसक्ने हो भने नेपालमा सरकार ढल्न सक्छ ।’
सरकारले आउदा दिनमा कस्तो समाज निर्माण गर्ने, विश्वको परिवर्तनलाई कसरी सामना गर्ने भन्ने दुरदर्शी सोचका साथ योजना ल्याउनु पर्नेमा जोड दिनु भयो । अबको समाज कस्तो बनाउने भन्ने विषयमा पार्टी भित्र छलफल नभएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘नेपालमा सबैभन्दा ठुलो समस्या बेरोजगारी हो यसलाई हल गर्ने योजना ल्याउन नसके सरकार असफल हुन्छ । अहिलेपनि ४० लाख नेपाली विदेशिएका छन् उनीहरुलाई नेपालमा ल्याउने, यही उद्यम गरी उत्पादनमा जोड दिने योजना अहिलको आवश्यकता भएको नेता पाण्डेले बताउनु भयो ।
उद्योगधन्दा स्थापना, बेरोजगारी हल गर्ने उपायहरु, उत्पादन हुने कार्यमा जोड दिन नसके सरकार असफल भएर जाने उहाले बताउनु भयो । अहिले केका लागि आन्दोलन गर्ने उहाले भन्नु भयो स्थानीयदेखि संघसम्मका सरकारसंग उहाले प्रश्न गर्नु भयो । सबै समस्या हल गर्ने भनेर सरकार चलाइराखेको पार्टीले नै काम गर्न नसके कस्ले गर्दछ उहाँको भनाइ थियो ।
पुष्पलालको बिचारलाइ सम्झदै उहाले भन्नु भयो ‘कम्युनिष्ट पार्टीको बिचार र यसको सिद्धान्तमा युवा पंतीलाई ल्याउन नसक्ने हो भने पार्टी पतन भएर जानेछ ।’ पौढ अवस्थाका व्यक्तिहरु मात्र बैचारिक बहस गर्ने र पार्टीको सिद्धान्तका विषयमा लाग्ने गरेको भन्दै युवाहरुको आकर्षण बढाउन जरुरी रहेको बताउनु भयो ।
पुष्पलाल स्मृति प्रतिष्ठान चितवनका उपाध्यक्ष यमुना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले पुष्पलालको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथि वुद्धिजीबि रमाकान्त सापकोटा, डा.भीमराज अधिकारीले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष यमवहादुर परियार, वुद्धिजीवि रामप्रकास अधिकारीलगायतले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रम नेकपा नेता तेजेन्द्रबहादुर खड्काले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसदा भुर्तेल, विजय सुवेदी, सिता वसेललगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट