प्रतिबन्धित नेटवर्कीङ व्यवसाय गर्ने गिरोह चितवनमा पक्राउ

 

चितवन समाचार डटकम, ६ साउन ।
नेटवर्कीङ व्यवसाय संचालन गरी ठगी गर्ने गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
एल.टि.एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रा.लि.नामको संस्थाले चितवनमा सर्वसाधरणलाई झुक्काएर व्यवसाय सञ्चालन गरेको सुचनाको आधारमा तिनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कम्पनीका अध्यक्ष सुनसरी धरान उ.म.न.पा.७ बस्ने बर्ष ३७ को सुमन भन्ने जहरमान घिसिङ र सदस्यहरु जिल्ला गोरखा पालुङटार न.पा.१० बस्ने बर्ष ३९ को डि.बि.भन्ने दल बहादुर गुरुङ, जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ बस्ने बर्ष ४३ की पार्वती के.सी.रहको प्रहरीले जनाएको छ ।

काठमाण्डौमा दर्ता गरी चितवन जिल्लामा समेत सर्व साधारणहरुलाई झुक्याई प्रतिवन्धित नेटवर्कीङ व्यवसाय संचालन गरी ठगी गरी रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजहरु संग सोधपुछ गर्ने क्रममा निजहरुले प्रचलित कानून अनुसार प्रतिबन्धित नेटवर्कीङ पिरामिड शैलीको व्यापार प्रणाली अपनाएको देखिन आएको र निजहरुबाट पिडित भएका व्यक्तिहरुबाट ठगी सम्बन्धी जाहेरी दरखास्त समेत पर्न आएकोले पक्राउ परेका तीनै जना उपर ठगी मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट