पपुलर सैलुनको नयाँ शाखा सिजी मलमा : नेपाली दक्ष जनशक्तिको आकर्षण बढ्दै

चितवन ६ साउन ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले दक्ष नेपाली जनशक्ति नहुदा अर्बौ रुपैयाँ विदेश गइरेको बताउनु भएको छ ।
पपुलर सैलुनको आज सिजी मल भरतपुरमा उद्घाटन गर्दै दक्ष जनशक्ति नेपालमा नै उत्पादन गर्न सके विदेशिने रकम यही रहने बताउनु भयो । देख्दा सामान्य लाग्ने तर ठुलो रकम कमाइ हुने पेशामा नेपाली युवाहरुको आकर्षण वढाउनु पर्नेमा जोड दिनु भयो । उहाले भन्नु भयो ‘सैलुन, सुनका कालिगढ, कपडा सिलाउनेहरु यी क्षेत्रबाट वार्षिक २० अर्ब रुपैयाँ विदेश गइरको छ ।’ उहाँका अनुसार सैलुन पेशा, सुन बनाउने कालिगढ, कोट बनाउने कालिगढ भारतबाट आउने गरेका छन् । यी सबैले वर्षको २० अर्ब रुपैयाँको तलब भत्ता लैजाने गरेका छन् उहाले भन्नु भयो ।


पछिल्ला केही वर्षहरुबाट यी क्षेत्रमा पनि नेपाली युवाहरुको आकर्षण वढेकाले आशा पलाएर आएको बताउनु भयो । युवा परिषदले काम गर्न चाहने जोश जाँगर भएका युवाहरुलाई सहुलित कर्जामा ऋण उपलब्ध गारउने गरेको जानकारी दिनु भयो । नेपालमा अहिले सैलुन, कपडा सिलाउने, सुनको सामग्री बनाउने, भाडाका सामग्री बनाउने लगायतका काममा युवाहरुको आकर्षण बढ्न थालेको बताउनु भयो।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, युवा नेता सुदिप रेग्मीलगायतले युवाले गरेको नयाँ पेसालाई सवैले साथ दिनु पर्नेमा जोड दिनु भयो । सिजी मलको तेस्रो तलामा दोस्रो शाखाको रुपमा पपुलर सैलुन सञ्चालनमा ल्याएको प्रोपाइटर सुलभ सिग्देलले जानकारी दिनु भयो । यहाँ महिला पुरुष दुवैको कपाल काट्ने, श्रृङगार गर्ने, मसाज गर्नेलगायतको सेवा दिने उहाले जानकारी दिनु भयो । विकसित मुलुकमा जस्तै सेवा आफ्नै शहरमा पाउन सकिने सिग्देलले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट