नेकपामा असमझदारी: स्कुल बिभागमा ‘हलो’ अड्क्यो

काठमाडौं, ६ साउन ।
आन्तरिक सहमती नजुटेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलवारका लागी बोलाईएको सचिवालय बैठक स्थगित गरिएको छ ।
स्कुल बिभागको जिम्मेवारी बारे समझदारी खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहमती जुट्न नसकेको हो ।
पछिल्लो समय नेकपामा देखिएको स्कुल विभागको विवाद समाधानका लागि दुई अध्यक्षबीच सोमवार ३ घन्टा छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेदेखि बेलुकी सात बजेसम्म ओली र प्रचण्डबीच छलफल भएको थियो ।
स्कुल विभागको प्रमुख को हुने भन्ने विवादले आईतबार बसेको सचिवालय बैठक समेत जिल्ला इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाएर स्थगित भएको थियो ।

स्रोतका अनुसार आज पनि दुवै अध्यक्षले स्कुल विभागको दावी छाडेका छैनन् ।
ओलीले स्कुल विभागमा सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याउन खोजेका छन् भने प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई स्कुल विभागको प्रमुख बनाउन लागि परेका छन् ।

शेयर गरौ

ताजा अपडेट