चितवन, साउन ६ ।
भरतपुर महानगरपालिका वडा नम्वर १४ राधापुरमा नहरमा डुवेर एकजनाको ज्यान गएको छ ।
पौडी खेल्ने क्रममा डुवेर स्थानीय २८ वर्षीय उमेश दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
उनि राधापुरमा रहेको नहरमा सोमवार दिउसो पौडी खेल्ने क्रममा डुवेका थिए । ईलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएकोे ५ जनाको टोलीले दराईलाई मृत अवस्थामा नहरबाट बाहिर निकालेको थियो ।


