चितवन प्रहरीको आग्रह:‘सक्कलीमा नक्कली सुन साट्ने ठगहरु जिल्ला छिरेका छन् सचेत बनौं’

साउन ३, चितवन ।
थोरै सक्कली सुन लिएर धेरै नक्कली सुन दिने ठगहरुको समुह चितवन प्रवेश गरेको जनाँउदै सर्वसाधरणलाई सचेत रहन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।
आज सार्वजनिक सुचना जारी गर्दै यस्ता संकास्पद ठगहरु फेला परेमा तत्काल खवर दिन पनि सर्वसाधरणलाई प्रहरीले आग्रह गरेको छ ।
चितवनको खैरहनी नगरपालिका ८ पर्साबाट एक महिलालाई नक्कली सुनको ढिक्का देखाएर उनले लगाएको सक्कली सुन ठगिएको प्रहरीले जनाएको छ । दुई जना अपरिचित युवाहरुले सुन साटी दिने भनि नक्कली सुनको ढिक्का देखाई उनले लगाएको सुनाको वाला २ थान, लकेटसहितको सिक्री गरि ५ तोला बराबरको सुन ठगी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए ।
ठगी भएको भन्ने सुचना हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय खैरहनी प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डको प्रहरी टोलीले ति युवाहरुको खोजिरहेको प्रवक्ता कोइरालाले बताए ।

शेयर गरौ

ताजा अपडेट