फुटेको अण्डा संघ जुटेकै हो त ? साउन ११ गते बिशेष अधिवेशन हुने

चितवन समाचार डटकम, ३ साउन ।

आन्तरिक बिबादमा फसेको नेपाल अण्डा उत्पादक संघ केन्द्रिय समितिको यही साउन ११ गते बिशेष अधिवेशन हुने भएको छ ।
केही समय अघि सौराहामा भएको साधारण सभामा बिबाद भएपछि दुईवटा समितिले आफुनै आधिकारिक भएको दावी पेश गरेपछि समस्या सिर्जना भएको थियो ।
पछिल्लो समय अण्डाको बिक्रि बितरण नै प्रभावित हुने अवस्था सिर्जना भयो । बिबाद समाधान गर्ने उदेश्यले स्थानीय प्रशासनले त्रिलोचन कँडेल र शिवराम केसी दुबैपक्षलाई बोलाएर गरेको छलफलमा साउन ११ गते बिशेष अधिवेशन गर्ने सहमती जुटेको हो ।
यस्को सहजीकरणका लागि उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो । समितिमा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरन्जीवि सुवेदी र जिल्ला प्रशासनका अधिकृत ईश्वर सिंखडा सदस्य छन् ।
अधिवेशनमा सहमतीमा नयाँ कार्यसमिति सर्वसम्मत हुने झिनो संभावना छ । त्रिलोचन कँडेलकोसमुहबाट रघु भट्ट र अर्का शिवराम केसी अध्यक्षको उमेदवार बन्ने चर्चा छ ।
संघमा अहिले साधारण सदस्यको संख्या ६८५ जना रहेको छ ।

शेयर गरौ

ताजा अपडेट