प्रतिवन्धित नेक्रवित्रम चन्द समुह र सरकार बिच औपचारिक वार्ताको तयारी

काठमाडौं, २ साउन :

प्रतिवन्धित नेक्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग औपचारिक वार्ताको तयारी भइरहेको सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताउनुभएको छ ।

पछिल्लो समय जारी छलफल सरकारात्मक भएको र परिमाणमुखि वार्ताका लागि उनीहरु पनि जिम्मेवार देखिएकाले औपचारिक वार्ताको तयारी भईरहेको पाण्डेले बताउनुभयो । पाण्डेले सो समुह आन्तरिक गृहकार्यपछि सरकारसँग वार्तामा बस्ने जानकारी दिनुभयो ।

पाण्डेले भन्नुभयो–सम्पर्कमा रहेका नेताहरुले वार्ताको वातावरण निर्माण गरिरहेका छन् । थोरै अध्ययन आवश्यक गर्ने भन्दै उनीहरुले समय मागेका छन् केही दिनमै टुंगो लाग्नेछ । पछिल्लो समय सरकारको प्रतिबन्धमा परेको चन्द माओवादीप्रति वार्ताका लागि चौतर्फी दवाब बढेको छ ।

गतबर्ष गठन गरिएको सरकारी वार्ता समितिले यसबीचमा विभिन्न असन्तुष्ट समुहहरुलाई मुलधारको राजनीतिमा ल्याइसकेको छ ।

शेयर गरौ

ताजा अपडेट