चितवन १ साउन । चितवनका होटल व्यवसायीले प्रहरीबाट सेवाग्राहीलाई अनावश्यक रुपमा दुव्र्यवहार गरेको भन्दै आपत्ती जनाएको छ ।
होटल व्यवसायी संघ चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी होटलमा वस्न आएकाहरुलाई आनावश्यक रुपमा धरपटक गर्ने, नियन्त्रणमा लिने, दुःख दिने जस्ता काम गरेको भन्दै आपत्ती जनाएको हो । अवैध यौन कार्यमा लागेको आशंकामा चितवन प्रहरीले असार ३० गते जिल्लाका विभिन्न होटलबाट दर्जनौ जोडी नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएर आवश्यक कार्वाही गरी छाडेपछि होटल व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरी प्रहरीको सो कार्यको पत्रकार सम्मेलन गरी आपत्ती जनाएको हो । आफ्नो कामले होटलमा बस्न आएका, श्रीमान श्रीमती भएर वस्न आएका, सहमतीमा यौन कर्म गर्न आएकाहरुलाई नियन्त्रणमा लिएर मानसिक तनाब दिएको होटल व्यवसायीको भनाइ छ ।
पत्रकार सम्मेलनमा होटल व्यवसायी तथा होटल रोयल सेन्चुरीका सञ्चालक सुवास प्रधानले इच्छा लागेको व्यक्ति होटलमा आएर यौन कार्य गर्दा प्रहरीले नियन्त्रणमा लिन नहुने बताउनु भयो । इच्छा भएर सहमतीमा सुरक्षित यौन कार्य गर्न होटल आएकालाई नियन्त्रणमा लिनु कानुन विपरित भएको उहाले बताउनु भयो । व्यवसायीले बनाएको आचारसंहिता विपरित होटल भित्र वसेका पाहुनालाई धरपटक गर्न नहुने उहाको भनाइ छ ।
उद्योग वाणिज्य महासंघ प्रदेश ३ का उपाध्यक्ष राजन गौतमले प्रहरीले व्यवसाय गर्न नदिनको लागि प्रहरीले षडयन्त्र पूर्वक कार्य गरेको आरोप लगाउनु भयो । मन्जुरीमा यौन कर्म होटलमा गर्न आएमा त्यसलाई रोक्न नहुने बताउनु भयो । होटल व्यवसायी संघका पूर्व अध्यक्ष इमान्दु वरालले होटलको कोठामा जानु पूर्व होटलको व्यवस्थापकसंग परामर्श लिएर मात्र जानु पर्नेमा त्यसो नभएको बताउनु भयो । अधिवक्ता गोपी देवकोटाले प्रहरी होटलमा गएर नियन्त्रणमा लिएको कार्य विधि सम्वत नभएको बताउनु भयो । नियन्त्रणमा लिएकाहरु कुनै अपराधि नभएकाले यस्ता कामले मानिसको मानवअधिकार हनन् भएको बताउनु भयो ।
होटल भित्र भएका अवैध क्रियाकलाप भए त्यसलाई नियन्त्रण गर्न पाइने तर अनुगमनको नाममा अपराध नगरेका व्यक्तिलाई धरपटक गर्न नहुने व्यवसायीको भनाइ रहेको छ । कार्यक्रममा सयौ होटल व्यवसायीले प्रहरीको कार्य शैली ठिक नभएको आरोप लगाए ।


