फ्रेन्च लिग च्याम्पियनमा पिएसजीद्धारा डाईनामो ड्रेसडेन पराजित

काठमाडौं, १ साउन :

युरोपका चर्चित फुटबल क्लबहरु यतिवेला प्रि–सिजनको भ्रमणमा व्यस्त छन् ।

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले प्रि–सिजनको पहिलो खेलमा जर्मनीको डाईनामो ड्रेसडेनलाई ६–१ ले पराजित गर्‍यो । पिएसजीको जितमा किलियन एम्बाप्पेको दुई गोल सामेल थियो । अर्का स्टार खेलाडी नेयमार भने टोलीमा सहभागी छैनन् ।

यसैगरी इङ्ल्याण्डको आर्सनलले अमेरिकाको कोलोराडो र्‍यापिड्सलाई ३–० ले हराउँदा अर्को इङ्लिस क्लब नटिङ्घम फरेष्टलाई ग्रिसको ओलम्पियाकोसले ३–० ले पराजित ग¥यो ।

मैत्रिपूर्ण फुटबलकै अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोले इङ्ल्यान्डको फुल्हममाथि १–० को जित निकाल्यो ।

शेयर गरौ

ताजा अपडेट