चितवनको विद्यालयमा प्रचार्यसहित राति रक्सी पार्टी, पाँचजना नियन्त्रणमा

चितवन १ साउन । राति विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरी राखेको अभियोगमा चितवन प्रहरीले प्रधानाध्यापकसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।
रत्ननगर नगरपालिका वडा नंं ९ कपरखोरी माध्यमिक विद्यालयका प्रचार्यसहित पाँचजनालाई इलाका प्रहरी कार्यालय रत्ननगरले मंगलबार राति ९ बजे नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले भन्नु भयो ‘मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयले जानकारी दिएपछि नियन्त्रणमा लिएको हो ।’
राति ९ बजेको समयमा प्रचार्यसहित पाँचजनालाई विद्यालयको निर्माणाधिन भवनमा मादक पदार्थ सेवन गर्दैगर्दा नियन्त्रणमा लिएको थियो । शैक्षिक सस्थामा शिक्षण पेसामा आवद्ध भएका व्यक्तिहरुको विषय भएकाले रत्ननगर नगरपालिकाको शिक्षा शाखामा आवश्यक कार्वाहीको लागि जिम्मा लगाएको प्रवक्ता कोइरालाले जानकारी दिनु भयो ।
पक्राउ पर्नेहरुमा प्राचार्य विष्णु कट्टेल सह प्रधानाध्यापक कृष्ण विलास ढुङ्गाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल रहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनु भयो । उनीहरूले असार मसान्तको क्लोजिङ सकेर विद्यालय परिसरमै मदिरा सेवन गरेर होहल्ला गरेको स्थानीयको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट