आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यन्वयन आज देखि सुरु

काठमाडौं, १ साउन :

आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यन्वयन आज देखि सुरु भएको छ ।

सरकारले पूर्वाधार विकास, ऊर्जा, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमिकतामा राखि १५ खर्व ३२ अर्व ९६ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रधानमन्क्री स्वारोजगार कार्यत्रम, कृषि आधुनीकीकरण परियोजना, वृद्धभक्ता वृद्धि जस्ता सामाजिक सुरक्षाका महत्वकांक्षी कार्यत्रम सरकारले बजेटमा समावेश गरेको छ ।

सरकारले यो आर्थिक वर्षलाई पुर्ण बजेट कार्यन्वयन बर्षको रुपमा समेत लिएको छ । ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य समेत बजेटले राखेको छ । बजेट कार्यन्वयन मार्फत यो वर्ष सरकारले ५ लाख जनालाई रोजगारीमा संलग्न गराउने लक्ष्य लिएको छ । चालु वर्ष शुरु भएसंगै अघिल्लो आर्थिक वर्षको बजेट कार्यन्वयन भने निराशाजनक छ ।

विकासे असारे प्रवृत्तिले गतवर्ष पनि निरन्तरता पायो । विकास निर्माणका लागि छुट्याईएको पूजिगत खर्च असारमा मात्रै ३५ प्रतिशत भएको थियो ।

शेयर गरौ

ताजा अपडेट