किसानलाइ उन्नत जातकाे भैसीकाे पाडी बितरण

चितवन ३० असार । चितवनको राप्ती नगरपालिकाकाको  चारवटा वडाका ३६ जना  किसानलाइ उन्नत जातका भैसीको पाडी बितरण गरेको छ ।
राप्ती नगरपालिका पशु पंक्षी शाखाकाे कार्यक्रम अन्तरगत वडा नं ३,१०,११र १२ का लक्षित किसानलाई पाडी बितरण गरेको हो ।

३ नम्बर वडामा ५ वटा ,१० नम्बर वडामा ११ वटा ,११ नम्बर वडामा १० वटा र १२ नम्बर वडामा १० वटा गरि जम्मा ३६ वटा उन्नत जातकाे भैैसीको पााडी बितरण गरियको  नगरपालिकाका आर्थिक बिकास समितिका संयाेजक शमशेेेर लामाले जानकारी दिनु भयो ।  लक्षित वर्गकाे किसानकाे    जीवनयापन उकास्न किसानलाइ बितरण गरियको उहाले बताउनु भयो ।

विगतकाे समयमा पनि भुगाेल र माैसम अनुसारकाे विभिन्न जातका बाख्रा र बङ्गुर  लक्षित वर्गकाे किसानलाई वितरण गरियको थियो ।

यसै गरि वितरण गरिएको पाडीको विमा र नियमित चेकजाच पशुसेवा शाखाबाट गराउने पशुसेवा शाखाका प्रमुख शैलेन्द्र भण्डारीले बताउनु भयाे ।

शेयर गरौ

ताजा अपडेट