सवारी चालक र साधनको परीक्षण ः २१ जनामा समस्या

चितवन ३० असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारी चालकको स्वास्थ्य र साधनको यान्त्रिक परीक्षण गरेको छ ।

कार्यालयले भरतपुर महानगरपालिका वडा नंं १ को आपटारीमा चेकजाँच गरेको हो । सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नको लागि चेकजाँच गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र्रकुमार गिरीले जानकारी दिनु भयो ।

चेकजाँचमा ३२ वटा सवारी साधनको यान्त्रिक परीक्षण र ७७ जना चालकको स्वास्थ्य परिक्षण गरिएको थियो । १२ जनामा प्रेसर र ९ जना चालकहरुमा सुगरको समस्या देखिएकोले थप उपचारको लागि अस्पताल जान सुझाब दिईएको छ ।

कार्यक्रम चितवन अटो मेकानिकल संघ र चितवन मोडल अस्पतालको संयुक्त आयोजनामा भएको थियो ।

शेयर गरौ

ताजा अपडेट