नारायणगढमा सडकमै पार्किङ गर्ने सवारीलाई ‘साङ्लाे’

चितवन समाचार डटकम, असार ३० ।
भरतपुर महानगरकाे प्रमुख बजारक्षेत्र नारायणगढमा निजी सवारी साधन सडक छेउमा पार्किङ गर्ने बानी छ भने आजैबाट सुधार गर्नुस् नत्र कार्वाहीमा पर्नुहुनेछ ।
सडक छेउमा पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाहि तिव्र वनाएकाे छ ।

सडक छेउमा गाडि पार्किङ गरेको फेला परे ट्राफिक प्रहरीले फलामे साङ्लोले चक्कालाई लक गर्ने गरेका छन् । लक गरेर ढाेकामा कार्वाहीकाे स्टिकर टास्ने गरिएको छ ।
सवारी धनीलाई जिल्ला ट्राफिक प्रहरी कार्यलयमै उपस्थित गराई रु १५०० रुपैयाँ जरिवाना लिने गरिएको छ । दैनिक १५ देखि २० वटा गाडी कार्वाहीमा पर्ने गरेका छन् । याे अभियान थाले देखि वाटाेमै पार्किङ गर्नेकाे सङ्ख्या घटेकाे जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख चन्द्रकुमार गिरिले चितवन समाचार डटकमलाई बताउनुभयाे ।
विहान ८ वजे देखि साझ ७ बजेसम्म कार्वाही गर्ने गरिएको उहाँले जानकारी दिनुभयाे । गत चैतदेखि शुरु गरिएको याे अभियान प्रभावकारी देखिएको उहाँले बताउनुभयाे ।
भरतपुर महानगरले बजार जाने यस्ता निजी सवारीसाधनलाई गणेशहल नजिकै पार्किङकाे व्यवस्था गरेकाे छ ।

शेयर गरौ

ताजा अपडेट