टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल ७ विकेटले विजयी

काठमाडौं, २८ असार :

कप्तान पारस खड्काले उत्कृष्ट पारी खेलेपछि नेपालले मलेसियाविरुद्धको टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा ७ विकेटको सहज जित हात पारेको छ।

पारसले नटआउट ८६ रनको पारी खेलेपछि मलेसियाले दिएको नेपालले १ सय २९ रनकाे लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर भेटायो। पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे। यस्तै शरद भेषावकरले १६ रन जोडे।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भएको खेलमा मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मलेसियाले १२८ रन बनायो।

मलेसिया वीरनदीप सिंह ५७ तथा अहमद फैजले ४५ रन जोडे। त्यसबाहेक फित्री शेहमानले १२ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। मलेसियाका ७ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिए।

शेयर गरौ

ताजा अपडेट