भरतपुर , २७ असार ।
चितबनको भरतपुर स्थित हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले नयाँ शेयर सदस्यहरुका लागी संचालक समिती , उप समिती तथा नयाँ सदस्यहरु बिच परिचय एबं सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले यस आर्थिक बर्षमा सहकारी संस्थामा आबद्ध भएका नब आगन्तुक करिब एक सय सदस्यहरु बिच परिचय तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी संस्थाका सल्लाहाकार समितीका सदस्य शंकर प्रसाद कडेल र बिशिष्ठ अतिथी सहकारी डिभिजन निरिक्षक रामबाबु पौडेल रहनु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुदीप रग्मीले सहकारी संस्थाको हाल सम्मको अबस्था र आगामी दिनमा गरिन लागेका कामका बारेमा जानकारी गराउनु भएको थियो । सोही कार्यक्रममा सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुको सामुहिक रुपमा संचालनमा ल्याउन लागीएको तारापुञ्ज रिसोर्टको बारेमा समेत जानकारी गराईएको थियो ।
सहकारी संस्थाकी सह सचिब चन्द्रकला लामीछानेले स्बागत गर्नु भएको कार्यक्रममा नब आगन्तुक शेयर सदस्यहरुका लागी सहकारी शिक्षा तालिमको सहजीकरण सहकारी डिभिजन निरिक्षक रामबाबु पौडेल र जिल्ला सहकारी संघका निर्बतमान अध्यक्ष तथा सल्लाहकार संयोजक तेजेन्द्र बहादुर खडकाले गर्नु भएको थियो ।
सहकारी संस्थाका सचिब रेगन पन्त , सल्लाहाकार समिती सदस्य टिकाराम पौडेल , महिला बिभाग प्रमुख शोभा थापा लगायतको सहभागीता रहेको कार्यक्रमको शिक्षा समिती संयोजक हरि प्रसाद वस्तीको अध्यक्षतामा सम्पन्न भएको हो । सहकारी संस्थामा हाल करिब १ हजार २ सय शेयर सदस्य र करिब ३५ करोड पुजी रहेको छ ।


